२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित



काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो ।

यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १ : २२ बजे

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय