४ पुस २०८२, शुक्रबार | December 20, 2025

शुभकामना सहकारी राज्यको तीन खम्बा मध्यको सफल एक खम्बा : पालिका अध्यक्ष बिक



खजुरा । नाफा आर्जन गर्न नसकेर धमाधम सहकारीका संचालकहरु पलायन भइरहेका बेला बाँकेको खजुरामा प्रधान कार्यालय रहेको शुभकामना बहुउद्देशीय सहकारी संस्थाले नाफा कमाउँदै गएको छ । गत आर्थिक वर्षमा मात्र शुभकामना सहकारीले ५ लाख ८१ हजार खुद मुनाफा कमाएको छ ।

१६ औं वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार आर्थिक वर्ष ०७८/७९ भन्दा ६३ दशमलव ९२ प्रतिशत नाफा बृद्दी गरि ५ लाख ८१ हजार खुद मुनाफा हुन गएको हो । ५१ लाख ४५ हजार शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ६३ लाख बढी निक्षप संकलन गरि २ करोड ११ लाख लगानी गर्न सफल भएको छ ।

साधारणसभाको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले उदघाटन गर्दै राज्यको तीन खम्बे अर्थनिती आनुसार शुभकामना सहकारीले एउटा खम्बाको जिम्मेवारी पुरा गरेको बताए । आर्थिक मन्दीका कारण आर्थिक गतिबिधिमा कमी आएका बेला पनि सहकारीले नाफा कमाउन सक्नु सकारात्मक भएको बताउँदै अध्यक्ष बिकले उत्पादन र उपकरणको प्रस्तावना लिएर आए स्थानीय सरकार सहकारीसँग सहकार्य गर्न तयार रहेको बताए । खजुरालाई खाने तेलमा आत्मनिर्भर बनाउन सहकारीले कदम चाले पालिकाबाट सहयोग हुने उनले प्रतिबद्धता ब्यक्त गरे ।

गाँउ पालिकाकी उपाध्यक्ष मन्जु मल्लले टोलछिमेकको सहकारीको सफलताले आफु पनि उत्साहित बनेको बताउँदै अझै उन्नती र प्रगतिको शुभकामना ब्यक्त गरिन् ।

योगनाथ पौडेलको अध्यक्षतामा भएको साधारणसभाको अवसरमा सबैभन्दा बढी निक्षप जम्मा गर्ने, समयमा कर्जा चुक्ता गर्ने, दैनीक जम्मा योजनामा नियमित रकम जम्मा गर्ने सहकारीका शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

२०५४ सालमा मित्रलाल शर्माको अध्यक्षतामा मेचीकाली बचत समुहबाट संगठीत भएका खजुराको बचतकर्ताहरुको समुहले २०६५ सालमा स्थानीय शिक्षबिद ऋषिराम सापकोटाको अध्यक्षतामा शुभकामना बहुउद्देशीय सहकारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको