१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सजिलो बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा बुटवलको फुलबारीमा सम्पन्न



बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्था को १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका-९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशिलामा विशेष जोड दिनु पर्ने बताए । साथै सहकारीले अब आर्थिक क्षेत्र मा विशेष जोड दिनु पर्ने बताए । सहकारिका अध्यक्ष रामराज पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताए । अहिले केहि सहकारी सकटमा परे आफुहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताए।

स्थानीय स्तरमा स्थानीय नागरिकबाट संचालन भएका सहकारीमा गरेको लगानी खेर नजाने भएकाले दावी गरे । बुटवलमा मात्रै कार्यक्षेत्र रहेकोमा अगामि दिनमा बिस्तार गर्ने समेत योजना तयारी रहेको अध्यक्ष पोखरेलले बताए ।सहकारीले बाल बचत र दैनिक बचत समेत गर्दै आएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवल जेसिजका पुर्व अध्यक्ष गणेशचनद्र पोेखरेल, व्यसायी गोपाल ज्ञवाली लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

७५९ जना सदस्य रहेको सदस्य रहेकोमा आगामि आर्थिक बर्षमा ८०० सदस्य पुर्याउने लक्ष्य रहेको बताए । हाल सहकारीको कुल पुँजी ९ करोड ६२ लाख ३५ हजार ४३ रहेको छ । जसमा कर्जा लगानि ८ करोड १७ लाख ९८ हजार ९ सय ८ रहेको छ । निक्षेप तर्फ ७ करोड ५२ लाख ८१ हजार ४ सय ३२ रहेकोछ । शेयर पुँजी तर्फ १ करोड १४ लाख ८१ हजार रहेको छ ।साधारणसभामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : २१ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक