२२ माघ २०८२, बिहिबार | February 5, 2026

अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा अव नेपालगन्जबाटै उच्च स्तरको न्यूरो सर्जरी सेवा



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्स काठमाडौंबीच नेपालगन्जबाटै उच्च स्तरको न्यूरो सर्जरी सेवा प्रदान गर्ने गरि सम्झौता भएको छ ।

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात दसै लगत्तै उच्च स्तरको न्यूरो सर्जरी सेवा सञ्चालनमा ल्याउने जनाइएको छ ।

मेडिकल कलेजले न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएकोमा थप दक्ष जनशक्ती र अत्याधुनिक प्रविधिमार्फत उच्च स्तरको सेवा प्रदान गर्न लागिएको मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । मेडिकल कलेज र डिपार्टमेन्ट अफ न्यूरोसाइन्सको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपले सेवा सञ्चालन हुने सहायक निर्देशक कनोडियाले बताए ।

सहमती अनुसार मेडिकल कलेजमा अन्नपूर्ण न्यूरोका तर्फबाट ३ जना सिनियर र न्यूरो विशेषज्ञ तथा दुई रेसिडेन्ट खटाइनेछ, यसरी खटाइएका न्यूरो टिमलाई मेडिकल कलेजले हरेक महिनाको आपसी सहमती अनुसार मासिक तलब दिने छ भने ती चिकित्सकहरुले प्राईभेट काम गर्न पाउने छैनन् ।

सम्झौता पत्रको हस्ताक्षर कार्यक्रममा बोल्दै मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडियाले यो सेवा सुरु भएपछि उच्च स्तरको र गम्भिर खालको न्यूरो सर्जरी पनि नेपालगन्जमै सम्भव हुने बताए । न्यूरो सर्जरी सेवालाई बिस्तारै विकास गर्दै लैजाने लक्ष्य अनुसार सम्झौता गरिएको उनले जानकारी दिए ।

अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. पन्तले आफुसँग लामो समयसम्म सँगै बसेर काम गरेका अनुभवी डाक्टरले अब मेडिकल कलेजमा उच्च स्तरको सेवा प्रदान गर्ने जनाए । उनले अन्नपूर्णले ले प्राविधिक सहयोग मात्र गरेको बताउँदै सेवाका लागि सबै लगानी नेपालगन्ज मेडिकल कलेजले गरेको उल्लेख गरे ।

यस क्षेत्रका बिरामीलाई मेडिकल कलेजले नै उच्च स्तरको गुणस्तरिय सेवा दिनुपर्ने डा. पन्तले बताए । उनले मेडिकल कलेजले पश्चिममा राम्रो काम गरिरहेको भन्दै प्रशंसा पनि गरे । मेडिकल कलेजले आधुनिक उपकरण ल्याउन उनले सुझाव दिए ।

कार्यक्रममा मेडिकल कलेज, अन्नपूर्ण न्यूरो अस्पताल तथा नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०० बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा