२ मंसिर २०८२, मंगलबार | November 18, 2025

कोशीमा नयाँ सरकार गठनको आह्वान



काठमाडौं । राजनीतिक अस्थिरताको पर्याय बनेको कोशी प्रदेशमा फेरि नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारको नेतृत्व गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार दिउँसो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले उपाधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेशमा सरकार बनाउने यो नै अन्तिम संवैधानिक प्रावधान हो ।

खापुङले ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका छन् । अब प्रदेशसभामा रहेका कुनै पनि सदस्यले असोज २६ गतेसम्म आफुले सरकार गठनका लागि बहुमत पुर्याउन सक्ने दाबी पेश गरेमा त्यस्तो सदस्यलाई मुख्यमन्त्री बन्नेछन् ।

यद्यपी दलीय व्यवस्थामा उपधारा ५ को अभ्यास पनि राजनीतिक दलहरुकै निर्देशन अनुसार हुने निश्चित छ । यसअघि यस्तै उपधारा ५ को अभ्यास सर्वोच्च अदलातको परमादेशअनुसार केन्द्र सरकार गठनमा भैसकेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको प्रदेशसभा बैठकमा निवर्तमान मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बहुमत जुटाउन नसक्ने अवस्था आएपछि पहिल्यै राजीनामा दिएका थिए। विश्वासको मत असफल भए कार्कीले उपधारा ५ अनुसारको सरकार बनाउन दाबी पेश गर्न पाउने सम्भावना समाप्त हुने भएपछि उनले पहिल्यै राजीनामा दिने निर्णय गरेका थिए ।

असोज २६ गतेसम्म पनि नयाँ सरकार गठनका हुन नसके प्रदेशसभा स्वतः विघटन हुनेछ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ३१ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो