२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशीमा नयाँ सरकार गठनको आह्वान



काठमाडौं । राजनीतिक अस्थिरताको पर्याय बनेको कोशी प्रदेशमा फेरि नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारको नेतृत्व गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार दिउँसो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले उपाधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेशमा सरकार बनाउने यो नै अन्तिम संवैधानिक प्रावधान हो ।

खापुङले ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका छन् । अब प्रदेशसभामा रहेका कुनै पनि सदस्यले असोज २६ गतेसम्म आफुले सरकार गठनका लागि बहुमत पुर्याउन सक्ने दाबी पेश गरेमा त्यस्तो सदस्यलाई मुख्यमन्त्री बन्नेछन् ।

यद्यपी दलीय व्यवस्थामा उपधारा ५ को अभ्यास पनि राजनीतिक दलहरुकै निर्देशन अनुसार हुने निश्चित छ । यसअघि यस्तै उपधारा ५ को अभ्यास सर्वोच्च अदलातको परमादेशअनुसार केन्द्र सरकार गठनमा भैसकेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको प्रदेशसभा बैठकमा निवर्तमान मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बहुमत जुटाउन नसक्ने अवस्था आएपछि पहिल्यै राजीनामा दिएका थिए। विश्वासको मत असफल भए कार्कीले उपधारा ५ अनुसारको सरकार बनाउन दाबी पेश गर्न पाउने सम्भावना समाप्त हुने भएपछि उनले पहिल्यै राजीनामा दिने निर्णय गरेका थिए ।

असोज २६ गतेसम्म पनि नयाँ सरकार गठनका हुन नसके प्रदेशसभा स्वतः विघटन हुनेछ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ३१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका