२६ बैशाख २०८३, शनिबार | May 10, 2026

रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजना र आवाज बचत तथा ऋण सहकारी सस्थाको सहकार्यमा रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ का वाड अध्यक्ष प्रदीप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो पाइला नेपाल केन्द्रीय महासचिव बिनोद महत, केन्द्रीय सचीव पारस मरासिनी, पहिलो पाइला नेपाल बुटवल शाखा सल्लाहकार ठाकुर गैरे, गंगाधर न्यौपाने, जिबन अधिकारी, बाबुराम बन्जाडे, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान, समाजसेवी खुबिराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै कृष्ण चौहानले हामिले बुटवल लाई रगत नपाए बुटवल जानू भन्ने कथन लाई साकार गर्न पहिलो पाइला नेपाल र पहिलो पाइला नेपाल का सक्रिय युवाहरु र बुटवल मा रहेका सामाजिक सस्थाको सक्रियताले आफु प्रभावित भएको बताएका थिए ।

तेस्तै प्रमुख अतिथि श्रेष्ठले पहिलो पाइला नेपाल बुटवल शाखाका युवाहरुले समाज रुपान्तरणका निमित्त खेलेको भुमिकालाई नजिकबाट नियालेको बताउदै सस्थाले कहिले अर्घाखाँचीमा भाग्य बोक्ने झोला कहिले कपिलवस्तु, कहिले गुल्मी त कहिले रुपन्देहीका विभिन्न क्षेत्रमा कार्यक्रम गरेको देख्दा परिवर्तन वास्तवमा युवाबाट सम्भव छ भन्ने आफूलाई लागेको बताउदै आफू सबै सस्थाको साथमा रहेको बताएका थिए ।

सस्थाका अध्यक्ष बिनोद बस्यालले पहिलो पाइला नेपाल एक निस्वार्थ रुपमा समाजलाई केही गर्न सकिन्छ कि भन्ने उदेश्यले स्थापित सामाजिक सस्था हो । पहिलो पाइला नेपाल कहिले बालआश्रमका न्यानो नाया अभियान लिएर पुगेका छौ कहिले बृद्धआश्राममा खाद्यान्न लिएर पुग्ने गरेको कुरा बताउदै सस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा मानवसेवाका क्षेत्रमा काम गर्दै आएको र आज रक्तदान कार्यक्रम गर्न लागिएको बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम समयोजक सन्तोष के सिले गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य सस्थाको उपाध्यक्ष गोमा भट्टराईले राखेका थिए भने आवाज बचत तथा ऋण सहकारी सस्था का अध्यक्ष जीवन अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सस्थाका सह- सचिब मनिष खनालले गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ५६ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु