११ कार्तिक २०८३, बुधबार | October 29, 2026

वर्षाले धानबालीमा क्षति



भरतपुर । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । ‘अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन’, उनले भने, अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।’ उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितवनका अधिकांश किसानले १५ असारमा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका-१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए । ‘मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ’, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने, ‘धान रोप्न गरेको लगानी पनि खेर गयो ।’ खेत रोप्न २५ हजार रुपैयाँ लागेको उनले बताए । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेका थिए । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताए । ‘मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो’, उनले भने, ‘मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।’ काट्न १० जना खेताला लागेको उनले बताए ।

समयमै मल, बिउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । ‘छ–सातवटा बालबालिका छन् । अरू कमाई छैन । यही खेती गरेर खाने हो,’ शरणपुरकी शिला लामिछानेले भने, ‘वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।’ चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ४१ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय