७ आश्विन २०८३, बुधबार | September 23, 2026

इजरायली प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीको उद्धार गर्न एमालेको आग्रह



काठमाडौं। प्रमुख प्रतिपक्ष दल एमालेले इजरायली प्रधानमन्त्रीसँग समन्वय गरेर नेपालीको उद्धार गर्नुपर्ने बताएको छ ।

इजरायलमाथि हमासले आक्रमण गरेसँगै बढेको असुरक्षाका कारण एमालेले तत्काल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग समन्वय गरेर नेपाली नागरिकको उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डले त्यहाँका समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

आक्रमणबाट घाइते भएका नेपालीको उपचार गर्ने कार्य ढिलाइ नगर्न भन्दै उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११