३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

इजरायलमा रहेका नेपालीहरूको उद्दार गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं। नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।’

साथै देउवाले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन्।

कांग्रेसले अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवम् नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्नु हुन आह्वान समेत गरेको छ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ३६ बजे

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट