२४ बैशाख २०८१, सोमबार | May 7, 2024

केन सेन्टरमा मधुमेहबारे अन्तरक्रिया, चिकित्सक भन्छन् ‘इमान्दार उपचार गरे मधुमेह समस्या होईन’



बुटवल । बिगत लामो समयदेखि मधुमेहको उपचारमा योगदान गर्दै आएको केन सेन्टरद्वारा मधुमेहका विरामीहरुसँग अन्तरक्रियात्मक सचेतना कार्यक्रम संचालन गरेको छ । मधुमेहबाट समस्या भोगिरहेकाहरुसँग केन सेण्टरले सचेतनात्मक अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा केन सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजीष्ट डा.जस्मीन तुलाधरबाट मधुमेहका बिरामीहरूलाई मधुमेहबाट बच्न सक्ने उपाय, रोगबाट हुने दिर्घकालीन असर बारे प्रकाश पारेकी थिइन्। मधुमेहका विरामीहरुले नियमीत औषधी सेवन गरि समय समयमा डाक्टर जाँच गरि खानपीन र जीवनशैली मिलाउन सकेमा मधुमेहलाई पूर्ण नियन्त्रणमा राख्न सकिने डा. तुलाधरले बताईन् । उनले मधुमेह रोक्ने पाँच मुख्य आधार भनेको आहार, ब्यायाम, नियमित औषधि, नियमित जाँच र वर्षमा एकपटक आँखा जाँच गर्नु रहेको उनले बताइन् ।

सो अवसरमा केन सेन्टरले आफ्नो नियमित विरामीहरुलाई केन लोयलिटी अवार्ड प्रदान गरेको थियो । अन्तरक्रियामा बोल्दै केनका अध्यक्ष दिनेश कक्षपतिले बिरामीहरुलाई ूउपचारमा इमान्दारिता हुन आग्रह गरे । मधुमेहका अनियन्त्रीत बिरामीहरुको उपचारको क्रममा ६ देखि १२ महिनामा पूर्ण नियन्त्रीत गरी औषधीमा भैरहेको खर्च आधा वा धेरै कम भएको उनले जानकारी दिए । इमान्दार र नियमित उपचारले स्वास्थ्य र पैसा दुबै बचत हुने उनले बताए ।

अध्यक्ष कक्षपतिले सही समयमा सही डाक्टरबाट सही उपचार र परामर्शका साथै सही व्यवस्थापन भए कम औषधी र कम खर्चमा पनि मधुमेहको सुरक्षित उपचार हुन सक्ने जनाए ।

कार्यक्रममा उपस्थित तिलोत्तमा शंकर नगरका स्थानीय बुद्धिजीवी तथा समाजसेवी श्री डा. रोहित राज क्षेत्रीले बुटवलमा मधुमेहको निःशुल्क परीक्षण अभियान धेरै पहिले शुरु भएको भएपनि मानिसहरु यसलाई सामान्य रुपमा लिदा अवस्था गम्भीर बन्दै गएको बताए । मधुमेह थाहा लाग्नसम्म धेरै ढिला हुने हुदा पनि जोखिम हुने उनले बताए ।

वरिष्ठ पत्रकार मदन पौडेलले नसर्ने रोगका बिरामी बढ्दै गएको बेला सामाजिक भावका साथ गरिएको कार्यक्रम निक्कै उपयुक्त भएको बताए । कार्यक्रममा डाइटिसियन कुबेर गिरीले मधुमेहका विरामीहरुको खानपान र जीवन शैली बारे जानकारी दिएका थिए ।

कार्यक्रममा मधुमेह पीडित महत्व कुमार कक्षपती, केन सेन्टरमा विगत २ बर्ष देखि उपाचार्थ बिरामी रघुनाथ गौतम लगायतले केन सेण्टरले मधुमेहमा दिएको सेवाको प्रशंसा गरेका थिए । कार्यक्रममा ५० बढी मधुमेहका बिरामीहरुको सहभागीता भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ०७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,