२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

केन सेन्टरमा मधुमेहबारे अन्तरक्रिया, चिकित्सक भन्छन् ‘इमान्दार उपचार गरे मधुमेह समस्या होईन’



बुटवल । बिगत लामो समयदेखि मधुमेहको उपचारमा योगदान गर्दै आएको केन सेन्टरद्वारा मधुमेहका विरामीहरुसँग अन्तरक्रियात्मक सचेतना कार्यक्रम संचालन गरेको छ । मधुमेहबाट समस्या भोगिरहेकाहरुसँग केन सेण्टरले सचेतनात्मक अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा केन सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजीष्ट डा.जस्मीन तुलाधरबाट मधुमेहका बिरामीहरूलाई मधुमेहबाट बच्न सक्ने उपाय, रोगबाट हुने दिर्घकालीन असर बारे प्रकाश पारेकी थिइन्। मधुमेहका विरामीहरुले नियमीत औषधी सेवन गरि समय समयमा डाक्टर जाँच गरि खानपीन र जीवनशैली मिलाउन सकेमा मधुमेहलाई पूर्ण नियन्त्रणमा राख्न सकिने डा. तुलाधरले बताईन् । उनले मधुमेह रोक्ने पाँच मुख्य आधार भनेको आहार, ब्यायाम, नियमित औषधि, नियमित जाँच र वर्षमा एकपटक आँखा जाँच गर्नु रहेको उनले बताइन् ।

सो अवसरमा केन सेन्टरले आफ्नो नियमित विरामीहरुलाई केन लोयलिटी अवार्ड प्रदान गरेको थियो । अन्तरक्रियामा बोल्दै केनका अध्यक्ष दिनेश कक्षपतिले बिरामीहरुलाई ूउपचारमा इमान्दारिता हुन आग्रह गरे । मधुमेहका अनियन्त्रीत बिरामीहरुको उपचारको क्रममा ६ देखि १२ महिनामा पूर्ण नियन्त्रीत गरी औषधीमा भैरहेको खर्च आधा वा धेरै कम भएको उनले जानकारी दिए । इमान्दार र नियमित उपचारले स्वास्थ्य र पैसा दुबै बचत हुने उनले बताए ।

अध्यक्ष कक्षपतिले सही समयमा सही डाक्टरबाट सही उपचार र परामर्शका साथै सही व्यवस्थापन भए कम औषधी र कम खर्चमा पनि मधुमेहको सुरक्षित उपचार हुन सक्ने जनाए ।

कार्यक्रममा उपस्थित तिलोत्तमा शंकर नगरका स्थानीय बुद्धिजीवी तथा समाजसेवी श्री डा. रोहित राज क्षेत्रीले बुटवलमा मधुमेहको निःशुल्क परीक्षण अभियान धेरै पहिले शुरु भएको भएपनि मानिसहरु यसलाई सामान्य रुपमा लिदा अवस्था गम्भीर बन्दै गएको बताए । मधुमेह थाहा लाग्नसम्म धेरै ढिला हुने हुदा पनि जोखिम हुने उनले बताए ।

वरिष्ठ पत्रकार मदन पौडेलले नसर्ने रोगका बिरामी बढ्दै गएको बेला सामाजिक भावका साथ गरिएको कार्यक्रम निक्कै उपयुक्त भएको बताए । कार्यक्रममा डाइटिसियन कुबेर गिरीले मधुमेहका विरामीहरुको खानपान र जीवन शैली बारे जानकारी दिएका थिए ।

कार्यक्रममा मधुमेह पीडित महत्व कुमार कक्षपती, केन सेन्टरमा विगत २ बर्ष देखि उपाचार्थ बिरामी रघुनाथ गौतम लगायतले केन सेण्टरले मधुमेहमा दिएको सेवाको प्रशंसा गरेका थिए । कार्यक्रममा ५० बढी मधुमेहका बिरामीहरुको सहभागीता भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ०७ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३