१७ माघ २०८२, शनिबार | January 31, 2026

छोराले चक्कु प्रहार गर्दा बाबुको मृत्यु



लमजुङ । लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा क्वलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन्। चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा शनिबार अपरान्ह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएको असोज १० गते आफनै छोरा २८ वर्षीय सुजन विकले चक्कु प्रहार गर्दा बाबु घाइते भएका थिए।

स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिएपछि सुजनले बाबुलाई पाखुरामा हिर्काएका थिए। त्यसपछि बाबुले गाली गरेको र छोराले चक्कु ल्याएर प्रहार गर्दा बाबु गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए।

घटनामा संलग्न सुजनलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले