६ श्रावण २०८३, बुधबार | July 22, 2026

छोराले चक्कु प्रहार गर्दा बाबुको मृत्यु



लमजुङ । लमजुङमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बाबुको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा क्वलासोथार गाउँपालिका ९, गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक रहेका छन्। चक्कु प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा शनिबार अपरान्ह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएको असोज १० गते आफनै छोरा २८ वर्षीय सुजन विकले चक्कु प्रहार गर्दा बाबु घाइते भएका थिए।

स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिएपछि सुजनले बाबुलाई पाखुरामा हिर्काएका थिए। त्यसपछि बाबुले गाली गरेको र छोराले चक्कु ल्याएर प्रहार गर्दा बाबु गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए।

घटनामा संलग्न सुजनलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : २४ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न