२६ माघ २०८२, सोमबार | February 9, 2026

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित



कञ्चनपुर । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क हुन नसकेपछि चिन्तामा डुबेको हो ।

शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुर्ताले छट्पटाएकी छन् । “छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ ? केही थाहा छैन,” पदमाले भनिन्,“चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुप¥यो ।” शिक्षण पेशामा सम्लग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए।

आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन । बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सकेकी छैनन् ।

“शनिबार भिडिओकल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” विपिनका दाइ किशोरले भने, “त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका ग¥यैछौँ, केही पत्तो लागेको छैन ।”

विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए । शनिबारदेखि बेपत्ता रहेका उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा दस नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।

शनिबार बिहानदेखि इजरायलमा आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् । यस क्षेत्रमा हमास समूहले आतङ्कवादी आक्रमण जारी राखेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : ५७ बजे

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल