२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवल उद्योग वाणिज्य संघ निर्वाचनमा १ हजार ५०६ मत खस्यो



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ः४० देखि शुरु भएको मतदान ५ बजे सम्पन्न भएको हो ।

मतदानमा १ हजार ५०६ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन कुल मतदाता संख्याको करिब ८५ प्रतिशत मत हो। संघमा १ हजार ७७८ मतदाता छन।

संघ अध्यक्ष उज्ज्वल कसजु र बुटवल नगरप्रमुख खेलराज पाण्डेबाट शुरु भएको मतदान अध्यक्षका दुई प्रत्याशी दिनेश प्रसाद श्रेष्ठ र हरि अर्यालले मतदान गरि मतदानकार्य समापन गरिएको थियो ।

संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल सहित चुनाबी मैदानमा छन। वरिष्ठ उपाध्यक्ष टंक गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई सर्वसम्मत भएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३५ बजे

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन