१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासत ढल्यो, हरि अर्याल अधिकांस प्यानलसहित विजयी



बुटवल । बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै हरि प्रसाद अर्याल विजयी भएका छन् ।

अर्याल ७७६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी श्रेष्ठले ६८९ मत प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा यस अघि नै टंकप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा अर्याल प्यानलबाटै सुरज भट्टराई ७७८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नविन प्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा पनि यस अघि नै विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा कोषध्यक्षमा ८०९ मतका साथ बसन्त प्रसाद ढकाल विजयी भएका छन् । त्यसैगरि सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।

सहकोषध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी भइन् । उनी पनि अर्याल प्यानलबाट उम्मेदवार बनेकी थिइन् । एशोसियटमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्य तर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला तर्फ सदस्यमा विष्णु घिमिरे(पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७० वर्षको इतिहासमा संस्थापनको विपक्षमा उम्मेदवारी दिएर प्यानलसहित विजयी भएको यो नै पहिलो परिणाम भएको संघका एक पूर्व अध्यक्षले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ०६ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने