२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजार ५.१६ अंकले बढ्यो



काठमाडौं । ४ दिन लगातार घटेपछि पाँचौं कारोबार दिनमा बुधबार नेप्से बढेको छ । यस दिन नेप्से सूचक ५.१६ विन्दुले बढेर १८९४.७६ अंकमा आएको छ ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ समूहमध्ये १० वटा समूह बढेका छन् ।

यसअघि लगातार ४ दिनमा नेप्से सूचक ७८.३५ अंकले घटेको थियो । नीतिगत सुधारका कदम चाल्न थालेपछि नेप्सेले उल्टो बाटो समाउँदा आम लगानीकर्ता समेत आश्चर्य चकित भएका थिए । नीतिगत सुधार हुँदै जानु, ब्याजदर घट्न थाल्नु अनि लाभांशको मुख्य सिजनमै बजारले उल्टो बाटो समातेको हो ।

साउन पहिलो सातादेखि नै बजार घट्दोक्रममा रहेको छ । तर बजारले समग्रमा बियरिस ट्रेन्ड समातेको भने करिब २६ महिना भएको छ । बजार एकोहोरो घटेपछि धेरै लगानीकर्ता विस्थापित भइसकेका छन् । बजारमा सकारात्मक माहोल नदेखिएपछि नयाँ लगानीकर्ताको पनि आगमन हुन सकेको छैन ।

यस दिन २८६ कम्पनीको ३७ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ । ४ करोड ८० लाख रुपैयाँसहित कारोबार रकममा मान्डू हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नबिल बैंक परेका छन् । कुल १३७ कम्पनीको भाउ बढ्दा ८५ वटाको मूल्य भने घटेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : १२ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक