४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सेयर बजार ५.१६ अंकले बढ्यो



काठमाडौं । ४ दिन लगातार घटेपछि पाँचौं कारोबार दिनमा बुधबार नेप्से बढेको छ । यस दिन नेप्से सूचक ५.१६ विन्दुले बढेर १८९४.७६ अंकमा आएको छ ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ समूहमध्ये १० वटा समूह बढेका छन् ।

यसअघि लगातार ४ दिनमा नेप्से सूचक ७८.३५ अंकले घटेको थियो । नीतिगत सुधारका कदम चाल्न थालेपछि नेप्सेले उल्टो बाटो समाउँदा आम लगानीकर्ता समेत आश्चर्य चकित भएका थिए । नीतिगत सुधार हुँदै जानु, ब्याजदर घट्न थाल्नु अनि लाभांशको मुख्य सिजनमै बजारले उल्टो बाटो समातेको हो ।

साउन पहिलो सातादेखि नै बजार घट्दोक्रममा रहेको छ । तर बजारले समग्रमा बियरिस ट्रेन्ड समातेको भने करिब २६ महिना भएको छ । बजार एकोहोरो घटेपछि धेरै लगानीकर्ता विस्थापित भइसकेका छन् । बजारमा सकारात्मक माहोल नदेखिएपछि नयाँ लगानीकर्ताको पनि आगमन हुन सकेको छैन ।

यस दिन २८६ कम्पनीको ३७ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ । ४ करोड ८० लाख रुपैयाँसहित कारोबार रकममा मान्डू हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नबिल बैंक परेका छन् । कुल १३७ कम्पनीको भाउ बढ्दा ८५ वटाको मूल्य भने घटेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : १२ बजे

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब