७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग



काठमाडौं । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (-युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल -युम्याटोलोजी लिग (आइलार_ को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा -युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा बुद्धि पौड्यालले बाथरोग विभिन्न रोगको सँगालो रहेकोले नियमित औषधि सेवन गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउँछन्। “बाथरोग दीर्घरोग हो । यो औषधि खाएपछि निको हुँदैन । जीवनप्रयन्त रोग जान्छ तर नियमति औषधि खाएपछि नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “त्यसैले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । तर सधैँ यो रोग देखिइरहन्छ ।”

पौडेलले वंशाणुगत र वातावरणीय प्रवाहले बाथरोग लाग्ने बताउँछन्। धुँलो धुवाँ, चुरोट खाने, मदिरा सेवन, युरिक एसिड हुने खानेकुरा (माछा, मासु र बढी चिल्लो पदार्थ बढी खाँदा), पखाला लाग्दा, बढी तौल भएको, दाँतको समस्या, फोक्सोका रोगले गर्दा बाथरोग लाग्ने गर्दछ ।

बाथरोग हरेक उमेर समूहका लागि हुने गरेको उनी बताउँछन् । पाँचदेखि १५ बर्ष उमेर समूहकालाई मुटुको बाथज्वरो बढी हुने गर्दछ ।

नेपालमा दुई वटा बाथरोग बढी देखिने गरेको छ । त्यसमध्ये हाडजोर्नी खिइने रोग र आम बाथरोग हुन् । तीमध्ये आमवाथ कडा खालको बाथरोग हो भने हाडजोर्नीवाला बूढेसकालमा बढी हुने गर्दछ ।

बाथरोग विशेषज्ञ डा पौड्यालले आमबाथ रोग बढी महिलालाई हुने गर्दछ । उनका अनुसार दुई तिहाइ महिला र एक तिहाइ पुरुषलाई आमबाथ रोग लाग्ने गरेको छ । उनले ४० वर्षभन्दा माथिका महिलालाई आमबाथ रोग सुरुमा हाडजोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी खोल्न र पार्न गा-हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने गर्दछ । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्दछ ।

बाथरोग विशेषज्ञ डा पौड्यालले समयमा औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्नेजस्ता समस्या हुने गर्दछ । नेपालमा पनि नेसनल बाथरोग सेन्टरले सन् २०२१ मा पाँच हजार जनसङ्ख्यामा गरेको अध्ययनले २६ दशमलव ८ प्रतिशत मानिसमा वाथलगायत हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखाएको छ । सेन्टरले काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, मुस्ताङमा बाथरोगसम्बन्धी अध्ययन गरेको थियो ।

सो सेन्टरले विगत १० वर्षदेखि काठमाडौंको रातोपुलगायत देशका आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङचोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

उनका अनुसार नेपालमा करिब ८० लाख बाथरोगका बिरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० प्रतिशत जनसङ्ख्या मात्र सही उपचारको पहुँचभित्र रहेका छन् ।

दिवसकै अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उद्देश्यले राजधानीका कोटेश्वर, मङ्गलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, बौद्ध र सिफलमा शरीरका विभिन्न भागमा लाग्ने बाथसम्बन्धी फोटो प्रदर्शनी र मोटरसाइकल ¥यालीको आयोजना गरेको छ । ती स्थानमा बिहान ९ देखि बेलुका ६ बजेसम्म फोटो प्रदर्शनी हुनेछ ।

हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ कक्रक्क पर्ने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुन्निने बाथरोगका लक्षण हुन् ।

त्यसैगरी बाथरोग भएका मानिसलाई कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, पिडौँला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मासंपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हात खुट्टा नीलो हुनेजस्ता लक्षण पनि देखिने गर्दछन् । रासस

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : ५५ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली