८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्रीको आग्रह



मोरक्को । नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकहरु विम्पी सपुत्रा र याती कुर्निआतीले गरेको प्रस्तुतिहरुमा प्रतिकृया दिंदै अर्थमन्त्री महतले ऋण सहायता सहुलियतपुर्ण बनाउनु पर्ने जोड गरेका हुन ।

नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर महतले हाल बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायु परिवर्तनको गैर अनुपातिक असर परेको नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गरको हुन् ।

खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने कुरा व्यक्त गरेका छन । अर्थमन्त्री महतले निजी क्षेत्रसँग सम्बन्धित उपकरणहरु समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउनु पर्ने जनाएका छन । व्यालेन्सिट अप्टिमाईजेसनमार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने ‘आइडीए’मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुन सक्ने विचार व्यक्त गरेका छन ।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिकृया दिदै अर्थमन्त्री महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने विचार समेत सशक्त रुपमा राखेका छन ।

अर्थमन्त्री महतले राखेको विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउनेतर्फ काम शुरु भई सकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिएका छन ।

साथै, आजै अर्थमन्त्रीको कोरियाका उपप्रधानमन्त्री तथा युरोपियन युनियनका कमिस्नरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : ४० बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका