२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

कोशी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको आज सनाखत



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो रु त्यसको आज छिनोफानो हुदैँछ ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ती गर्ने उनको सचिवालयले जनाएको छ ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको छ । सो समुहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ ।

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : १७ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको