१७ असार २०८३, बुधबार | July 1, 2026

आइसिसी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । आइसिसी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ । भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ ।

जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुवाती २-२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

एक दिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ । विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरे पनि एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ५१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)