११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन



वासिङ्टन डिसी । हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।

शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी नागरिकको पनि सहभागिता रहेको थियो ।

सो सभामा उनहरुले हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवता विरोधी जघन्य अपराध भएको टिप्पणी गर्दै यस्ता कार्यको जति धेरै निन्दा गरे पनि कम हुने बताए ।

त्यस अवसरमा ड्रिस्ट्रिक्ट¬ ८ का नेपालीमूलका विधायक डा ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

इजरायलमा भएको सो हिंसात्मक हमलाबाट अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गएको र त्यसमा नेपालका १० र अमेरिकाका २२ निर्दोष मानिस परेको जानकारी दिँदै डेलिगेट डा भण्डारीले उउनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे ।

कार्यक्रममा बाल्टीमोर काउन्टीका काउन्सिलम्यान इजी पातोकाले ७० वर्षअघि भएको यहुदी नरसंहार होलोकास्टको पनि स्मरण गरेका थिए ।

मेरिल्याण्डका विधायक कार्ल ज्याक्सनले हमासको आतङ्ककारी हमलाको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गरे । विधायक निक एलनले पनि हमासको आतङ्कवादी क्रियाकलापको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गरे। उनले दीप प्रज्वलन र शोकसभा मानवता र शान्तिका पक्षमा रहेको बताए

स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतम बुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिल्यै पनि हत्या, आतङ्कका पक्षमा नरहेको र नरहने बताए ।रासस

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : ४८ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा