२४ असार २०८३, बुधबार | July 9, 2026

‘बबाल’ गर्ने बालबन्दीलाई क्षेत्रीय कारागार नौवस्तामा सारिँदै



नेपालगन्ज । बिभिन्न बाल सुधार गृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न शुरु गरिएको छ ।

बिभिन्न प्रकृतिका अपराध गरेर बाल सुधार गृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि उनीहरुलाई नौवस्तास्थित क्षेत्रीय कारागारमा राख्न शुरु गरिएको हो ।

१८ वर्ष भन्दा मुनीका बालक तथा किशोरलाई बाल सुधार गृहमा राख्ने भनिएपनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राख्ने गरिएको थियो । उमेर समुह नमिलेका किशोर १८ नाघेका युवाहरुबीच बाँके, ललितपुरलगायत देशका विभिन्न ठाउँमा तनाव हुन थालेपछि सरकारले उनीहरुलाई छुट्टै ठाउँमा राख्न शुरु गरेको बताइएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नौवस्तास्थित क्षेत्रीय कारागारको चार वटा ब्लक मध्य एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको जानकारी दिए । अन्य तीनवटा ब्लक भने संचालन हुन सकेका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा राख्न देशका विभिन्न ठाउँबाट बालबन्दी ल्याइरहेको जानकारी दिए । १८ वर्षमाथिका बालबन्दी रहने बाल सुधार गृह सञ्चालनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नासुस्तरको कर्मचारी खटाएको केसीले बताए ।

केसीका अनुसार बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भइसकेका छन् । नेपाल प्रहरीले प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा ३० जना प्रहरीलाई नौवस्तामा खटाएको छ ।

बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राती बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । कारागारबाट चार जना भागेकोमा तीन जना अझै पक्राउ परेका छैनन् । यहाँ २ सय ५४ जना बालबन्दी रहेकोमा १८ वर्षमाथिका १ सय ६५ जना छन् । १८ वर्षमाथिकालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी भएको जनाइएको छ ।

नौ विगाहमा रहेको नौवस्ता क्षेत्री कारागार तीन हजार क्षमताको छ । देशभरीकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौवस्तामा क्षेत्रीय कारागार बनाएको हो । बनेर तयार भएपनि यहाँ कैदी बन्दी राख्न शुरु गरिएको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ३९ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको