४ पुस २०८२, शुक्रबार | December 19, 2025

लगातार दोस्रो जितको खोजी गर्दै हङकङविरूद्द मैदानमा उत्रदैं नेपाल



काठमाडौं । नेपाल त्रिकोणात्मक टि-२० आई सिरिजको दोस्रो खेलमा आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको सहज जित निकालेको थियो । ट्वान्टी-२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको