१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सुनगाभाको साधारण सभा तथा अधिवेशन सम्पन्न



बुटवल । रुपन्देहीको सैनामैना-३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ ।

सुनगाभाले बुधबार साधारण सभा, अधिवेशनसँगै दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका पुर्व अध्यक्ष तथा नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी (कृष्ण) ले निजी क्षेत्रका शैक्षिक संस्थाले शैक्षिक जनशक्ति उत्पादनमा ठुलो भुमिका खेलको बताए ।

उनले निजी क्षेत्रबाट संचालिक शैक्षिक संस्थाहरुलाई सरकारले गर्ने ब्यवहार सकारात्मक हुनु पर्ने उल्लेख गर्दै दशै, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरे । विद्यालय संचालक समितिका अध्यक्ष लक्ष्मी जोशिको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल तिलब केसीले गुणस्तरीय शिक्षा, सीपमुलक शिक्षा र संस्कारयुक्त शिक्षालाई विद्यालयले प्रमुख एजेण्डा बनाएर अध्यापन गराइ रहेको बताए । उनले विद्यालयको भौतिक संरचनालाई अझ अब्बल बनाएर शैक्षिक गुणस्तरलाई जोड दिने उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य कमलचन्द पौडेल, शिक्षक लोकनाथ अधिकारी, लक्ष्मी शर्मा, शान्ति न्यौपाने, लक्ष्मण खनाल लगायतले दशै, तिहार तथा छठ पर्वको शुभकामना ब्यक्त गरेका थिए । सो अवसरमा विद्यालयमा अध्यापनरत शिक्षक, कर्मचारीलाई दशैको उपहार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : २५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको