२४ भदौ २०८३, बुधबार | September 9, 2026

भरतपुर आँखा अस्पतालमा सुविधासम्पन्न नयाँ भवन निर्माण



चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ ।  १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । २० करोड लागत अनुमान गरिएको भवन १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए ।

उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताए । उनले भने, “पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप ग¥यौँ ।” शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ । अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उनले जानकारी दिए । उनले भने, “हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्”, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उनको भनाइ छ ।

तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उनले जानकारी दिए । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो ।

मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।

उनका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : १० बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको