१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एक सय ५६औँ संस्करणको मौलिक इतिहास बोकेको नेपालगन्जको रामलीला



नेपालगन्ज । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो ।

नेपालगन्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको भगवान् श्रीरामको भूमिकामा रहेका भारत वृन्दावनका कलाकार राधारमण शर्माले बताए ।

शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलारकाले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्ने गर्छन् ।

नेपालगन्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढ सय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए ।

“यो वर्ष विगतका वर्षहरूमा जस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ”, अध्यक्ष कनोडियाले भने, “भारतको वृन्दावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।” एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको कनोडियाको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए ।

नेपालगन्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताए । सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीय समुदायमा लोकप्रिय छ । भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताए । उन्ले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको बताए ।

एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ । देशकै पहिलो सामाजिक तथा नागरिक संस्थाका रुपमा पहिचान बनाएको रामलीलाले ऐतिहासिक विरासत थामिरहेको अवधी संस्कृतिका जानकार विष्णुलाल कुमाल बताउँछन् । रामलीला सामाजिक सद्भावको प्रतीकसमेत बनेको कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : ४५ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य