१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा दुर्गा भवानीको मूर्ति प्रतिष्ठापन



बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा शनिबार दुर्गा भवानीको अष्टधातुद्वारा निर्मित मूर्ति प्रतिष्थापन गरिएको छ । देवस्थल मन्दिर विकास समितिको आयोजनामा जारी श्रमद् देवी भागवत नवाह ज्ञान महायज्ञको अवसरमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय तथा महायज्ञका प्रमुख बाचक बालव्यास पण्डित इन्द्रप्रसाद शास्त्रीले मूर्ति तथा दुर्गा मन्दिरको उद्घाटन गरेका छन् । अशोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म महायज्ञको सञ्चालन गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको १९ लाख तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरीद्वारा संसदीय विकास समितिबाट विनियोजित १० लाख रकमसहित कूल ७० लाखमा मन्दिर निर्माण गरी मूर्ति प्रतिष्ठापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । वि.स. २०१७ सालअघिदेखि पूजाआजा गरिँदै आएको देविस्थल मन्दिरमा हरेक वर्षको नवरात्रमा विभिन्न विधिपूर्वक पूजाआजा गरिनुका साथै हरेक दिन पूजारीबाट आराधनाको काम हुँदै आएको गुरुङले बताए ।

मन्दिर निर्माण तथा मूर्ति प्रतिष्थापनका लागि मन्दिरको आन्तरिक श्रोत तथा महायज्ञबाट रकम संकलन गरिएको निर्माण समितिका संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिए । शिलान्यास भएको एक वर्षमा मन्दिर निर्माण गरी शनिबार नवरात्रको छैटौं दिनको अवसरमा विशेष पूजासहित मूर्ति प्रतिष्थापन र मन्दिर उद्घाटन गर्न सफल भएको उनले बताए । धार्मिक महत्वलाई कायम राख्दै म्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको व्यवस्थापक महेश पौडेलले जानकारी दिए ।

मन्दिरको उद्घाटन तथा पूर्ति प्रतिष्थापनपछि बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले नगर भित्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षणका लागि आवयश्यक पहल गरिने बताए । त्यस्था स्थलहरु राज्यको सम्पत्ति भएका कारण यसको संरक्षण, व्यवस्थापन र सञ्चालनमा स्थानीयका भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । यसैगरी बुटवल उपमहानगर-११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले मन्दिरको स्थापनासँगै यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । मन्दिर बिकास समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : १९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत