२४ माघ २०८२, शनिबार | February 7, 2026

विभागीय टिम छनोट गर्दै मदन भण्डारी स्पोटर्स एकेडेमी



बुटवल । पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिताको लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमको छनोट प्रक्यिा अगाडि बढाएको छ। शक्ति किर्केट एकेडेमी पडसरीमा एक कार्यक्रमको आयोजना गरि छनोट कार्य अगाडि बढाइएको हो।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा रातो र निलो टिम र सात प्रदेशका टिम र विभागीय ३ टिम गरी १२ समूहको सहभागिता रहने बताइएको छ।

एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यता ,एकेडेमीका क्रिकेट विभाग सचिव गणेश गौडेल,केन्द्रीय सदस्य सुनिल कुंवर, रितु श्रीवास्तवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

छनोट कार्यक्रममा विभिन्न जिल्लाबाट करिब १३० जना खेलाडीहरूको सहभागीता रहेको थियो ।छनोट कार्यक्रममा बोल्दै प्रमुख अतिथि धु्रव आचार्यले वर्तमान अवस्थामा अनेक सम्भावना हुदाहुँदै पनि राज्यको उदासीनताको कारण खेलाडीहरू विदेश पलायन भएको बताए । फरक प्रसङ्गमा कुरा गर्दै आचार्यले जबसम्म खेलाडीहरूमा लगानी गर्न सकिँदैन तवसम्म राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा चिनिन नसक्ने दाबी गरे ।

छनोट प्रतियोगितामा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले पोखरामा हुने खेलको लागि आफुहरू दसैं लगत्तै खेलाडीहरूलाई चार समुहमा विभाजन गरि उत्कृष्टताको आधारमा अब्बल टिम निर्माण गरि बन्द प्रशिक्षण समेत दिने जानकारी दिए ।

खेलमा प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।

आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ५० बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार