४ पुस २०८२, शुक्रबार | December 19, 2025

लघुकथा : ‘कहिले फर्कन्छौ मास्टर बाबु ?’



गाँउकै एउटा माध्यमिक विद्यालयमा मास्टर थिए राजन शर्मा सबैको सहयोग भरोसाका केन्द्र नै थिए। नेपाली जनजीवनको एक नमूना नैं बनेका थिए। राम्रो काम गर्दै जाँदा नै राम्रा नराम्रा मानिसहरू भेटिदा रहेछन् । हुन पनि त्यस्तै भयोे। समाजमा भएका कुरा हटाउन सकिन्छ भन्ने उनको सोच थियो। समाजमा ब्याप्त बेरोजगारी धनीमानी र राजनीति खिचातानीले वाक्क दिक्क भएका कारण विद्रोही स्वभावकी एक किशोरीलाई सम्झे।

एकदिन आफ्नै घरमा बोलाएर शालीन व्यक्तित्वका साथ रेणुकालाई सम्झाए, ‘रेणुका तिमीलाई थाहा छ हाम्रो दैनिकीको अभिन्न अङ्ग हाम्रै समाज हो तिमीले आफ्नो परिचय बनाउनु पर्दछ बुझ्यौँ पढेकी र बुझेकी पनि छौं मैले कति सम्झाउँ ?’

योजनाबद्ध ग्रामिण क्षेत्रका अगुवा कार्यकर्ता बोलाईन् उनीहरुको बिचार मागिन त्यहीं अनुसार त्यो जिम्मेवारी सुम्पी दिइन् । त्यहाँ विभिन्न किसिमका मतभेद थिए । यसको मूल कारणखोज्दा खोज्दै विद्रोही स्वभावकी रेणुका यस्तो अवस्थामा पुगेकी थिइन्। उनको कुरालाई कसैले नाई नास्ति गर्न सक्दैनथे। उनको डायरीमा एकेक घटनाको टिपोट हुन्थ्यो। उनको अनुहार उदाश देखिन्थ्यो कि आज केही धम्की सुन्नु पर्ने छ। समाजले विस्तारै काचुली फेर्यो।

आज भोलि रेणुका राजन शर्मा सङ्ग नजिकिएको कुरा सुनिन थालियो। अनेकौं सामाजिक टिप्पणी हुन थाले।

समाजका केही दुष्ट मानिसको कारण रेणुकाले गाँउ नै छोड्नु पर्यो भने राजनले विदेश पलायन हुन बाध्य भए। फेरि समाजमा नराम्रा मानिसको चलखेल हुन थाल्यो। दिउँसै चोरी हिंसा आतंकले आक्रान्त बन्न पुगेको छ।

नराम्रा मानिसको जीवनमा अनेकौं सामाजिक अपराधको मुद्दा जाहेरी हुन थाल्यो। भागाभाग हुन थाले बदमासहरु एकदिन अचानक एक चर्चित टेलिभिजनमा अन्तर्वार्ता दिँदै रेणुकाले भनिन, ‘यो समाजलाई ध्वत गर्नेहरूको दिन झर्दै छ जेजसरी गरियो आफ्नो प्रिय जन्मभूमिलाई प्राण रहेसम्म जोगाउने छौं ।’

भोलिपल्ट पनि राजनले यस्तै अन्तर्वार्ता दिँदै भने, ‘ हामीलाई विदेश पलायन गराएर ब्रह्मलुट गराउनेहरू भोलि कुन ठाउँमा बस्न सक्छन् ? अनेकौं समस्याको जड उनीहरू नै हुन किनकि यदि देशमा उद्योग धन्दा विज्ञान प्रविधिअन्तर्गत जल खनिल वन सम्पदाको उचित उपयोग गरिएको खण्डमा आमूल परिवर्तनको अनुभूति हुन्थ्यो।’

भोलिको निम्ति तयारी बेलैमा देखाउनु पर्दछ आफ्नो अधिकार दायित्व कर्तव्यप्रति जागरूक हुनु पर्ने बेला आएको छ।
टेलिभिजनमा राजनको अन्तर्वार्ताले सबैको मनलाइ खिचि रह्यो। सामाजिक सञ्जालमा जोडिएर सबैको गुनासो थियो – कहिले आउँछौ मास्टर बाबु ?

रेणुकाले सटिक जवाफ दिइन् – आउँदो चुनावमा तयारीका साथ सहभागी भएर आउनेछौं । ढुक्क हुनुहोस्।
राजनले कुनै प्रतिक्रिया दिएका छैनन्। सबैले शुभकामना दिए हामीले आफ्नो मत दिएर विजय गराउँछौं। सायद त्यो बेला के हुने हो समाजले कस्तो भूमिका खेल्ने हो एकतमास सोचिरहेका छन् राजन ।

(देवचुली नवलपुरका जलद हाल बेलायतमा बसोबास गर्छन्)

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ०५ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा