३ भदौ २०८३, बुधबार | August 19, 2026

‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’



गण्डकी । बागलुङको बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्दै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए । “अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ”, उनले भने, “पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।”

मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए । “हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ”, मन्त्री बस्नेत भने, “आयुर्वेदको विकासका लागि सरकारले जे-जति गर्नुपथ्र्यो अझै हुन सकिरहेको छैन ।”

उनले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२ औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २८ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३