७ आश्विन २०८३, बुधबार | September 23, 2026

धादिङ भूकम्प अपडेट : १८ घर-गोठमा क्षति



काठमाडौं । आइतबार बिहान धादिङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १८ वटा घर–गोठमा क्षति पुगेको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर बिहान ७ः३९मा ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। जसबाट जिल्लामा १८ वटा घर–गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप क्षतिको विवरण बुझ्ने काम भइरहेको एसपी गौतम मिश्रले जानकारी दिए।

ज्वालामुखी गाउँपालिका-५ कुमलटारीका रमेश कुमाल, ५० वर्षीय पुन्टे कुमाल र ४५ वर्षीय प्रताप कुमालको घरमा क्षति पुगेको छ।

यसैगरी ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडिको भागको भित्ता भत्किएको प्रहरीले जनाएको छ । यस्तै, सोही गाउँपालिकाको वडा नम्बर १ मिटार बस्ने मंगलसिंह माझीको गोठ भत्किएको छ भने वडा नम्बर ७ चैनपुरवेशीका ७३ वर्षीया दलबहादुर दनइको चिम्नीमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार सोही गाउँपालिकाको ५ नं. वडाको बुङकोटघाट सिम्लेमा पहिरो खसेको छ। त्यस वडाका ४५ वर्षीय भुवनबहादुर भुजेल, ६० वर्षीय कृष्णबहादुर कुमाल, ६० वर्षीय काग्रेश कुमाल, ३५ वर्षीय तोपबहादुर भुजेल, ५१ वर्षीया सरस्वती लामिछाने, ७५ वर्षीया बसमाया लामा, ७० वर्षीय विष्णुकुमार श्रेष्ठ र ४३ वर्षीया मुक्ती लामाको घरमा क्षति पुगेको छ ।

यस्तै, ४४ वर्षीय ध्रुव श्रेष्ठको घर, ४० वर्षीय प्रकाश अधिकारीको गोठ र वडा नम्बर १ माझीटारका ४५ वर्षीय मंगलसिन माझीको घरमा क्षति पुगेको छ।

 

 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ३ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज