२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दशैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी



दमौली । जिल्ला कारागार तनहुँमा यस वर्षको दशैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।

प्रमुख अधिकारीले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्री गरेर दशैँमा घरखर्चसमेत पठाउने गरेका छन् ।”

कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए । उनका अनुसार दशैँमा रु पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दशैँमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।”

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक-फरक व्यक्तिले गर्ने गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : ३९ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज