१६ मंसिर २०८०, शनिबार | December 2, 2023

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो- नेतृ खातुन



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छिन । सांसदसँग रासस सम्बादमा उनले चुनाव प्रसार प्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन ।

नेतृ खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसकेतापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन । मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्र रुपमा कानुन निर्माणमा चुनौति खडा गरेको बताइन ।

हिउँदे र बर्खे अधिवेशन सकिदाँसम्म जति कानुन निर्माण गर्नु पर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउदै उनले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गरिन । सांसद खातुनले भनिन, “स्वार्थको राजनीतिककारण एक-अर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आ-आफनो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौति खडा भएको छ ।”

नेतृ खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुन पर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ती गर्ने, आरोप– प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र बन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिइन ।

उनले भनिन, “विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकै रुपमा छ । पुल आवश्यक छ ।”
खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चुनौति खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राखिन ।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिइन । विचारमा बलियो र निष्ठावान भएपनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताइन ।

मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उनले देशभित्रै स्वरोजगार मुखी सवै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन । प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्य समेत रहनुभएकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाकारुपमा स्थापित रहेको विश्वास व्यक्त गरिन । उनले भनिन, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र साँस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, सँस्कृति र चाड पर्वलाई सम्मान गर्दै सवै समुदायको चाड पर्वमा सबै सहभागी हुने शुभकामना आदान प्रदान गरी भाइचाराको सम्वन्ध कायम गरेका छौँ ।”

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ३५ बजे

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।