२ बैशाख २०८३, बुधबार | April 15, 2026

दीपेन्द्रको विस्फोटक ब्याटिङसगै नेपाल ५ विकेटले विजयी



काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा ६ चौका र १ छक्काको मद्धतमा ४० रनको योगदान गरे । यस्तै, ओपनर आसिफ शेखले ६२ रनको अर्धशतकिय पारी खेले ।

साथै, कप्तान रोहित पौडेल अर्धशतक बनाउन ३ रनले चुके । उनले ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।

यूएईका लागि मुहमद जवादुल्लाहले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  २ : ४२ बजे

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक