१ पुस २०८२, मंगलबार | December 16, 2025

दीपेन्द्रको विस्फोटक ब्याटिङसगै नेपाल ५ विकेटले विजयी



काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा ६ चौका र १ छक्काको मद्धतमा ४० रनको योगदान गरे । यस्तै, ओपनर आसिफ शेखले ६२ रनको अर्धशतकिय पारी खेले ।

साथै, कप्तान रोहित पौडेल अर्धशतक बनाउन ३ रनले चुके । उनले ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रन जोडे ।

यूएईका लागि मुहमद जवादुल्लाहले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  २ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज