२७ माघ २०८२, मंगलबार | February 10, 2026

खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै



भक्तपुर । दशैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दशैँको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

नेपाल संवत् ४४३ पौषशुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा शुरु भएको हो । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि रातिबाट सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले बताए ।

तलेजुका मूल नाईके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ ।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ । विजयादशमी एक दिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात पायःदयो प्रदान गरी जात्रा गरिन्छ । यसैलाई खड्ग अर्थात पायःद्यो जात्रा भन्ने गरिन्छ ।

राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ । सेतो घोडा तलेजु भवानीको बाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ ।

खड्ग जात्रा गरी दरबार क्षेत्र र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गराइन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ । प्रत्येक वर्षको विजयादशमीको राति ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु ९माथि सवारी हुने० वा क्वः न्ह्यायेगु ९तल सवारी० हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ ।

देवतासहित नगरको मथिल्लो भेगमा घोडालाई लैजादा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्यान्छ भने तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक गहिती स्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्याउने परम्परा छ ।

भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहन हो भनी लैजान्छिन् भन्ने मान्यता अनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने प्रचलन छ । घोडालाई दरबार क्षेत्रको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ ।

त्यस्तै मध्यपुर थिमिमा पनि आज राति खड्ग अर्थात : दयो जात्रा मनाउने गरिन्छ । थिमिको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालिन सैनिक पोशाक र मल्लकालिन हातहतियारसहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गर्ने गरिन्छ । यो जात्रालाई स्थानीय भाषामा ‘खाँ पिहावइगु’ वा ‘भुइ फसि पालिगु’ जात्रा भन्ने गरिन्छ । यसलाई हतियार प्रदर्शन गर्ने जात्राको रुपमा मानिदै आएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ३ : १५ बजे

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको

एमाले र जसपा परित्याग गरी नेकपामा प्रवेश, पेरिसडाँडामा प्रचण्डद्वारा स्वागत

काठमाडौं । २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय रहेका मेडिकल व्यवसायी

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप