७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

आज बाँकेमा मदिरा बिक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आज मदिरा बिक्रीवितरण, सेवन तथा ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । दुर्गा भवानीको मूर्ती विसर्जनका दिन जिल्लाभरि मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार एक सूचना जारी गर्दै बडादशैँको भोलिपल्ट आज (बुधबार) दुर्गा मूर्ती विसर्जनका लागि निस्कने ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन सो दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्म जिल्लाभरि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी एक दिनका लागि पूर्ण रूपमा मदिराको सेवन, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचनामा जारी आदेशको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरिएको छ ।

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३६ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी