१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

ढोग नदिएको भन्दै कुटपिटबाट घाइते भएका ओलीको मृत्यु



सल्यान । भलिवल खेल मैदानमा आफुहरुलाई ढोग दिनुपर्ने प्रस्ताव नमानेको भन्दै कुटपिटबाट घाइते भएका एकजनाको उपचारकाक्रममा मृत्यु भएको छ ।

सल्यानको बागचौर स्थित खेलमैदानमा स्थानीय २ जनालाई ढोग (दर्शन) नगरेको भन्दै गत ४ गते कुटपिट गर्दा बागचौर नगरपालिका –७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीमाथि गम्भीर घाइते हुनेगरि कुटपिट गरिएको थियो । ओलीको उपचारकाक्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ओलीमाथि छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कुटपिट गरेको प्रहरीको भनाई छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भन्दा घनश्यामले नमानेपछि उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएकोमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए ।

कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर ओली फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : ५२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना