७ कार्तिक २०८३, शनिबार | October 24, 2026

ढोग नदिएको भन्दै कुटपिटबाट घाइते भएका ओलीको मृत्यु



सल्यान । भलिवल खेल मैदानमा आफुहरुलाई ढोग दिनुपर्ने प्रस्ताव नमानेको भन्दै कुटपिटबाट घाइते भएका एकजनाको उपचारकाक्रममा मृत्यु भएको छ ।

सल्यानको बागचौर स्थित खेलमैदानमा स्थानीय २ जनालाई ढोग (दर्शन) नगरेको भन्दै गत ४ गते कुटपिट गर्दा बागचौर नगरपालिका –७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीमाथि गम्भीर घाइते हुनेगरि कुटपिट गरिएको थियो । ओलीको उपचारकाक्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ओलीमाथि छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कुटपिट गरेको प्रहरीको भनाई छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भन्दा घनश्यामले नमानेपछि उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएकोमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए ।

कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर ओली फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : ५२ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना