२० मंसिर २०८२, शनिबार | December 6, 2025

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता


१० कार्तिक २०८०, शुक्रबार  

130
Shares

मध्यविन्दु । थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताए ।

“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाईमा पाँचपाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५०सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने ।

थारु समुदायका अन्य नाच भने युवापुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताए। “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहारलगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताए ।

“जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्”, उनले भने, “तर आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवापुस्तामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।” थारु समुदायको लाँठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्व भए पनि नयाँ पिँढीले भने महत्व बिर्सिंदै गएको अगुवा महतोले बताए ।

“विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उनले भने, “अहिले नाच हराउँदै जान थालेको छ ।” थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बूढापाकाले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय