२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हुलाकी सडकले जोड्यो राप्तीपारी बगौडाबासीको सम्बन्ध नेपालगन्जसँग



नेपालगन्ज । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगन्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर बिष्टले बताए ।

“सडक नबन्दा विद्यालय जानआउन वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपथ्र्यो”, उनले भने, “सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ ।”

यो सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका–१, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगन्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, विनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अहिले सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । सडक निर्माण भएपछि अहिले गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

“सडक नबन्दा वर्षायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि अव धेरै सुविस्ता भएको छ”, उनले भने, “विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकामा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ ।”

हुलाकी सडक बनेसँगै अहिले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगन्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य अहिले पनि जारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार, वैजापुरलगायत केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम भइरहेको छ ।

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए । सडक निर्माण भएपछि राप्तीसोनारी गाउँपालिका–१ देखि ७ सम्मका बासिन्दालाई आवागमनमा धेरै सहजता हुने उनको भनाइ छ । नेपालगन्ज्बाट हुलाकी सडकअन्तर्गत दक्षिणतर्फ सिधनिया कटकुइँयासम्मको सडकको काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : ४२ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर