६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज कांग्रेसको चियापान



काठमाडौं । आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ ।

दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।

पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैँ लगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।

अहिले पनि त्यत्तिकै मेलमिलापको आवश्यकता रहेको बताउँदै उनले गौरवकारुपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गरे ।

सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षौ देखी चियापान आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ४९ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर