१७ असार २०८३, बुधबार | July 2, 2026

टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा, सन्दीप पनि समेटिए



काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ ।

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ५४ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)