२३ भदौ २०८३, मंगलबार | September 8, 2026

राष्ट्रपति र प्रधानमन्त्रीसँग महासचिव गुटेरसले आजै भेटवार्ता गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज महत्वपूर्ण भेटघाट गर्ने
भएका छन् ।

गएराति १ बजे काठमाडौं आइपुगेका महासचिव गुटेरसले आज अपरान्ह राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले त्यसअघि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

गुटेरसले त्यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने उनले संसद भवन बानेश्वरमा भेट्नेछन् । भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ ।

गुटेरसको स्वागत तथा सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : १० बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३