७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बिद्युतिय उपकरण सहित लुम्बिनीबाट ३ जुवाडे पक्राउ



बुटवल । रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई पक्राऊ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसबाट कपिलबस्तु शिबराज नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय शिव ओली र रुपन्देही शुद्धोधन गाउपालिका वडा नम्बर ३ फर्साटिकर बस्ने ५५ बर्षीय राकेश बानियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार होटलको कोठा नम्बर ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा प्रहरीले ठुलो परिमाणको तासको गड्डी सहित बिभिन्न उपकरणहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा तिनीहरु फेला परेको डीएसपी भट्टले बताए ।

उनिहरुबाट प्रहरीले लु ३ च २०२२ नम्बरको कार, ६ थान मोबाइल, मोवाईलको ब्यट्री (सानो, ठुलो) १७ थान , बिभिन्न किसिमका तासको २४ गड्डी, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर १ थान, बिद्युतिय उपकरण ब्याट्री जस्तो देखिने २९ थान र बिद्युतिय उपकरण म्याक्स लेखेको ब्याट्री ४ थान बरामद भएको उनले बताए । उनले पक्राउ परेकाहरुको साथबाट ८३ हजार २७० नगद समेत बरामद भएको बताए ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको भट्टले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : ०५ बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको