२५ भदौ २०८३, बिहिबार | September 10, 2026

टी–२० विश्वकप छनोट : सिंगापुरले टस जितेर ब्याटिङ गर्दै



काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोट प्रतियोगितामा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपालले फिल्डिङ गर्ने छ ।

नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीबाट ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । अरु खेलाडी भने परिवर्तन भएको छैन ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

यस्तो छ नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी

सिंगापुर टोली : अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ५८ बजे

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष