२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ५८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले