२ पुस २०८२, बुधबार | December 18, 2025

टी-२० विश्वकप छनोट : पहिलो खेलमा नेपालको उत्कृष्ट प्रदर्शन, सिंगापुरमाथि ८ विकेटको जित



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका लागि आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरमा जारी प्रतिस्पर्धामा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विजयी बनेको हो ।

पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे । कुशल भुर्तेलले अर्धशतक पुरा गरे ।

टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सकेको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

नेपालका बलर अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिन सफल भए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : ०९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल