२५ भदौ २०८३, बिहिबार | September 10, 2026

टी-२० विश्वकप छनोट : पहिलो खेलमा नेपालको उत्कृष्ट प्रदर्शन, सिंगापुरमाथि ८ विकेटको जित



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका लागि आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरमा जारी प्रतिस्पर्धामा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विजयी बनेको हो ।

पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे । कुशल भुर्तेलले अर्धशतक पुरा गरे ।

टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सकेको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

नेपालका बलर अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिन सफल भए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : ०९ बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको