५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

५०० रुपैयाँले घट्यो सुन भाउ



काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : १८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया