१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ



काठमाडौं । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

उनीहरुको साथबाट प्रहरीले रु २६ लाख ५१ हजार आठ सय पाँच दशमलव ४७ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव ०१ ग्राम) र नगद रु एक लाख १० हजार बरामद गरेको जनाएको छ ।

उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ४४ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात