१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

टाइगर श्राफकाे गणपत सुपर फ्लप, १३ कराेड कमाउन पनि मुश्किल



मुम्बइ । टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए ।

तर, यो चलचित्र हलमा पुग्दा दर्शकले रूची देखाएनन ।  यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाइ लाखमा पनि कमाउन मुस्किल छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस्  ‘गणपत’ ले रिलिजको ११ औं दिनमा कति कलेक्शन गर्यो ।

सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औं दिन अर्थात दोaस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै  टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।

यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोड मात्रै कमाउन सक्ने देखिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ५२ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र